प्रतिकित्ता ४५० रुपैयाँमा नेपाल रिको शेयर बिक्रीमा

५ भाद्र २०८१, बुधबार ०७:०४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विशाल ग्रूप लिमिटेडको स्वामित्वमा रहेको ७ लाख कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा घटीमा १ लाख कित्ता र बढीमा सबै कित्ता शेयर खरीदको माग सहित बोलपत्र पेश गर्न सकिनेछ ।

इच्छुक व्यक्तिले काठमाडौंको थापाथली–११ स्थित एनआईसी एशिया क्यापिटल लिमिटेडमा बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र आज भदौ ५ गतेदेखि असोज ८ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*