नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घर बनाउन ऋण दिने
४ भाद्र २०८१, मंगलवार १८:३५
काठमाडौँ । नबिल बैंकले सहज र सरल तरिकाले घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ऋणीलाई ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको हो ।
बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने छ । ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो ।