लाभांश प्रस्तावसहित आह्वान गरिएको नेशनल लाइफको वार्षिक साधारण सभा शुक्रबार बस्दै

४ भाद्र २०८१, मंगलवार १२:२४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आफ्नो ३६औं साधारण सभा यही भदौ महिनाको ७ गते (शुक्रबार) लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेको लागि आह्वान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशतत नगद लाभांश र ४ प्रतिशत बोनशगरी कुल १४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने भएको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी पारित गर्नुका साथै आव आव २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

कम्पनीले वार्षिक साधारण सभा प्रयोजनको लागि साउन २४ गतेको दिन बुकक्लोज गरिसकेको छ । यस कारण साउन २३ गतेसम्म कायम शेयरधनीहरुले उक्त सभामा सहभागी हुन पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*