प्रविधिले सरकारी कामकाजलाई पारदर्शी बनाउन महत्त्वपूर्ण भुमिका खेल्योः उपराष्ट्रपति यादव

३ भाद्र २०८१, सोमबार १६:३६

काठमाडौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रविधि प्रवाहका कारण सरकारी कामकाजलाई पारदर्शि बनाउ महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन् । १८औं राष्ट्रिय सूचना दिवस विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लोकतन्त्रलाइ बलियो बनाउन र जनताहरुलाइ उनीहरुको हक दिलाउन समेत सूचनाको ठुलो भुमिका रहेको उनको धारण छ। उनले भने, ‘कतिपय आम नागरिकहरुका सूचना नपाएका भन्ने गुनासोहरुलाइ सम्बोधन गर्ने सूचना आयोगको कार्य तारिफयोग्य रहेको छ ।’

उनले सुचना दिवसको अवसरमा सबैलाइ शुभकामना तथा बधाई ज्ञापन गरेका छ्न् । उनले सूचना प्रवाहमा मिडिया हाउसका पत्रकारहरुको महत्त्वपूर्ण भुमिका रहेको समेत बताए

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*