सुचना तथा सञ्चार सम्बन्धि धेरै कुरामा सरकार पछाडी परेको छः मन्त्री गुरुङ

३ भाद्र २०८१, सोमबार १६:३२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले जतिसुकै कुरा गरेपनी सूचना प्रवाहमा पछाडि नै परेको बताए । १८औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकार जनतालाइ चुस्त र दुरुस्त सूचना प्रवाह गर्न लागीरहेको छ । हामीले आमसन्चार बिधेयक पनि ल्याउन लागेका छौं ।’

कुनै पनि सरकारी निकायले समयमा सूचना प्रवाह नगरेको खण्डमा आफुहरुलाइ जानकारी गराउन समेत आग्रह गरेका छन ।

विभिन्न ठुला ठुला घटना समेत सहि सूचना प्रवाहका कारण समाधान भएका समेत उनले जिकिर गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*