हिम पर्वत हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, आइपीओ निष्काशन गर्ने

३ भाद्र २०८१, सोमबार १४:२६

काठमाडौँ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले भदौ २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ओइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*