भारतले नेपालको थप २५१ मेगावाट बिजुली किन्ने

३ भाद्र २०८१, सोमबार १४:११

काठमाडौँ । नेपालले थप २ सय ५१ मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ ।

भारतको विद्युतसँग सम्बन्धित प्राधिकरणले १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट बिजुली आयातको स्वीकृति दिएको हो ।
योसँगै नेपालका २८ वटा जलविद्युत परियोजनाबाट ९४१ मेगावाट बिजुली भारत निकासी हुने भएको छ ।

नेपाल गत आर्थिक वर्षबाट नै खुद विद्युत निर्यातकर्ता बनिसकेको छ। गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको बिजुली भारत निकासी भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*