वर्षदिनमा लघुवित्तहरुको खुद ब्याज आम्दानी साढे २६ अर्ब, कुनको कति ? ( तथ्यांकसहित)

‘ब्याज आम्दानीमा छिमेक र वृद्धिदरमा आशा लघुवित्त अग्रस्थानमा’
२ भाद्र २०८१, आईतवार १६:२२

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका ५१ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको खुद ब्याज आम्दानी बृद्धि भएको छ ।

समीक्षा अवधिमा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २६ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीहरुको खुद ब्याज आम्दानी ८.७९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले २४ अर्ब ४१ करोड ९७ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्त कम्पनीहरुको खराव कर्जामा न्युनिकरण भएसँगै कम्पनीहरुको खुद ब्याज आम्दानी बृद्धि भएको छ । लघुवित्तहरुको आयको प्रमुख स्रोतको रुपमा ब्याज आम्दानीलाई लिन सकिन्छ । ब्याज आम्दानीले लघुवित्त कम्पनीको मुनाफा लगायतका प्रमुख वित्तीय सूचांकहरुमा ठूलो प्रभाव पारेको हुन्छ । यस अवधिमा अधिकांश लघुवित्त कम्पनीहरुको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ ।

यस अवधिमा कम्पनीहरुले आफ्ना बचतकर्ता तथा कर्जा अशुलीलाई विशेष प्राथमिकता राख्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । विभिन्न आन्दोलित समुहको गैर–कानुनी क्रियाकलापलाई सरकारले निर्मूल पारेका कारण समेत लघुवित्तहरुको ब्याज आम्दानी सुधार आएको लघुवित्तकर्मीहरुको धारणा रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित

समीक्षा अवधिमा वित्तीय विवरण सार्बजनिक गरेका ५१ कम्पनीहरुमध्ये छिमेक लघुवित्तको खुद ब्याज आम्दानी सबैभन्दा बढी रहेको छ । कम्पनीेले यस अवधिमा दुई अर्ब ८२ करोड नौ लाख रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.१४ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ८५ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, साना किसान लघुवित्तको खुद ब्याज आम्दानी ३१ प्रतिशतले बढेर दुई अर्ब १९ करोड ३१ लाख रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ६६ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।

समीक्षा अवधिमा निर्धन उत्थान लघुवित्तको ब्याज आम्दानी एक अर्ब ८० करोड ५८ लाख रुपैया, जीवन बिकास लघुवित्तको एक अर्ब ६७ करोड आठ लाख रुपैयाँ, स्वावलम्बल लघुवित्तको एक अर्ब ५१ करोड रुपैयाँ र डिप्रोक्स लघुवित्तको एक अर्ब ४७ करोड रुपैयाँ ब्याज आम्दानी रहेको छ ।

बृद्धिदरका आधारमाः

अघिल्लो आर्थिक वर्षको तुलनामा नेरुडे मिर्मिरे लघुवित्त अग्रस्थानमा रहेको छ । कम्पनीको ब्याज आम्दानी १३८ प्रतिशतले बढेर ४३ करोड ६२ लाख रुपैयाँबाट एक अर्ब तीन करोड रुपैयाँ पुगेको छ ।

साथै, विन नेपालको ब्याज आम्दानी ९५ प्रतिशत, आशा लघुवित्तको ब्याज आम्दानी ८५ प्रतिशत, नेशनल लघुवित्तको ७५ प्रतिशत, मिथिल्ला लघुवित्तको ५६ प्रतिशतले ब्याज आम्दानी बृद्धि भएको छ । यी बाहेकका अन्य कम्पनीहरुको ब्याज आम्दानी ५० प्रतिशतभन्दा मुनी रहेका छन् ।

यस अवधिमा ३२ वटा लघुवित्त कम्पनीहरुको खुद ब्याज आम्दानी बृद्धि भएको छ । साथै, १९ वटा लघुवित्त कम्पनीहरुको खुद ब्याज आम्दानी घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*