सामाजिक सञ्जालको दुरुपयोग नगर्न साइबर ब्यूरोको अनुरोध
काठमाडौँ । साइबर ब्यूरोले समाजिक सञ्जाल मार्फत कसैको चरित्र हत्या नगर्न आग्रह गरेको छ । ब्यूरोले आज एक सूचना जारी गर्दै समाजिक, पारिवारिक तथा राजनैतिक चरित्र हत्या नगर्न अनुरोध गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरी कुनै संगठन तथा व्यक्तिलाई विशेष लक्षित रही चरित्रमा निर्म आघात पुराउने उद्देश्यका कार्य गर्नेहरु बढ्दो क्रममा रहेको ब्यूरोले जारी गरेको सूचना भनेको छ । अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य–दृश्य सामाग्री तयार तथा प्रसारण गरी रहेको पाएको प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीले बताए ।
साथै यस्ता कार्य गरेको पाएमा त्यसको जबाफदेही स्वयम् आफै हुनुपर्ने भएको हुँदा कानुनी झन्झटमा पर्न जोगिनु हुन समेत प्रहरी साइबर ब्यूरोले अनुरोध गरेको छ ।