राष्ट्रिय बीमा कम्पनीसहित पाँच वटाको शेयरमूल्यमा सकारात्मक सर्किट
२ भाद्र २०८१, आईतवार १५:०७
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ । आइतबार कारोबार भएका कम्पनीहरुमध्ये १९७ वटा कम्पनीको शेयरमूल्य घट्दा ४७ वटाको शेयरमूल्य समान्य अंकले वृद्धि भएको छ ।
आज कारोबार भएका कम्पनीहरुमध्ये पाँच वटाको शेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा राष्ट्रिय बीमा कम्पनी, एलआइसी नेपाल, मल्टिप्रपोज फाइनान्स, सम्पदा लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।