दोहोरो अकंले घट्यो बजारः कारोबार २८ अर्ब ८३ करोड, एक्जिट हुने बेला आएको हो ?
काठमाडौँ । शेयर बजारमा आज गिरावट देखिएको छ । उताप–चडाबकाबीच शेयर बजार राताम्य भएको हो । बजारमा आएको गिरावटले धेरै लगानीकर्ता एक्जिट हुन थालेका छन् ।
माफियाको चलखेल भइरहेको भन्दै धितोपत्र बोर्डले नै एक सूचक मार्फत चेतावनी दिएपछि अहिले साना तथा नवप्रवेशी लगानीकर्ता एक्जिट हुन तिर झुम्मिएका छन् । वित्तीय सूचक नै धरापमा रहेका कम्पनीको शेयर मूल्य बढाएर आफु एक्टिज भएर ठुला लगानीकर्ता नाफा बुक गरी सकेका छन् । सोहि कारण साना लगानीकर्ता नडुब्नको लागि भएपनि नाफा बुक गर्ने तिर लागेका हुन् । बजारमा अरुको लह–लहैमा लाग्नु भन्दा कम्पनीको वित्तीय अवस्था र भावि योजना हेरेर लगानी गर्नुपर्छ ।
यता, अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको, नियामक समेत लचिलो भइरहेको अवस्थामा शेयर बजार सन्तुलित भएर अघि बढ्नु पर्ने देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४७ अकंले घटेर २९६६.३३ बिन्दुमा कायम भएको छ ।
कारोबार रकम गत बिहिबार भन्दा केहि कम हो । आज २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । गत बिहिबार भने २९ अर्ब ९५ करोडको कारोबार भएको थियो ।
यसदिन ९ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको २.२५ प्रतिशत, फाइनान्स समूहको २.७९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.४९ प्रतिशत, हाइड्रोपावर समूहको ३.७४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आइतबार १९७ कम्पनीको शेयर मूल्य घट्दा ४७ कम्पनीको मात्र बढेको छ । शेयर बजारमा आएको गिरावटका बीच समेत पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।