हिमालयन रिको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० को भयो सर्वाधिक कारोबार
२ भाद्र २०८१, आईतवार १५:०४
काठमाडौं । भदौं महिनाको पहिलो कारोबारको दिन अर्थात साताको पहिलो दिन मा नेप्से ओरालो लागेको छ ।
गत सातादेखि लगानीकर्ताहरुको आकर्षणको विन्दुमा रहेको हिमालयन रि इन्स्योरेन्सको कारोबार आज उच्च भएको छ।
कम्पनीको आज ८२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, अपी पावर, कुमारी बैंक, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट, डाङ्गी गुप्र, शिवम सिमेन्टस, रिलायन्स फाइनान्स, अरुण भ्याली हाईड्रोपावर, निफ्रा र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।