नेप्सेमा एक खर्ब ३० अर्ब रुपैयाँको थप धितोपत्र सूचीकृत, कुन क्षेत्रको कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
केन्द्रिय बैंकले प्रकाशित विवरण अनुसार (नेप्से)मा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।
त्यस्तै, नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी,२२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।