सरकारसँग कति छ नगद मौज्दात ?
२ भाद्र २०८१, आईतवार १४:२६
काठमाडौं । नेपाल सरकारसँग गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ९९ अर्ब २७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।
केन्द्रिय बैंकले आइतबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक अवस्थाको विवरण अनुसार सरकारका विभिन्न खाताहरुमो उक्त रकम नगद मौज्दात रहेको देखिएको हो ।
प्रदेश सरकार र स्थानीय तहको खातामा रहेको रकम समेत यस नगद मौज्दातमा समावेश गरिएको छ ।