गत आर्थिक वर्षको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको गत आर्थिक वर्षको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो ।
वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ भने आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेकोछ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । यता, शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेकोछ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।
समिक्षा अवधिमा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।
२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.६४ खर्ब ५२ अर्बर निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब पुगेको छ ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Annual-data-of-2080.81