बरुण हाइड्रोपावरको सीइओमा किरण निधि तिवारी नियुक्त
२ भाद्र २०८१, आईतवार १०:२०
काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरण निधि तिवारीलाई नियुक्त गरेको छ ।
कम्पनीको साउन ३१ गते बिहिबार बसेको संचालक समितिको बैठकले रित्त रहेको सीइओ पदको जिम्मेवारी तिवारीलाई दिइएको हो ।