गण्डकी प्रदेशमा ७१ जना न्यायिक सहजकर्ता माग

२ भाद्र २०८१, आईतवार ०७:२३

काठमाडौं । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराले ७१ जना न्यायिक सहजकर्ता माग गरेको छ ।

गण्डकी प्रदेश भित्रका गाउँपालिका र नगरपालिकाका लागि करार सम्झौतामा न्यायिक सहजकर्ता माग गरिएको हो । यसमा कानून विषयमा स्नातक तह उत्तीर्ण गरेको, २१ वर्ष उमेर पूरा भएको र प्रचलित कानूनले अयोग्य नभएको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित २१ दिनभित्र कार्यालयमा आवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*