अर्थतन्त्र चलायमान बनाउन उधोगीको भुमिका महत्वपुर्ण, सिमेन्ट क्षेत्रमा देखिएका समस्या समाधान गर्न डटेर लाग्छु: मारु

३२ श्रावण २०८१, शुक्रबार २२:२१

काठमाडौँ ‌। नेपाल सिमेन्ट उत्पादक संघका नवनियुक्त अध्यक्ष रघु नन्दन मारुले देशको अर्थतन्त्र चलायमान बनाउन उधोगहरुले ठुलो भुमिका खेलेको बताएका छन् । संघको नव निर्वाचित कार्य समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उधोगिहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारको लक्ष्य तथा उद्देश्यलाई पुरा गर्ने तिर लागि परेको उनले बताए । उनले भने, ‘हामि व्यक्तिगत स्वार्थ भन्दा पनि देशको अर्थतन्त्र चलायमान बनाउन तथा सरकारको लक्ष्य तथा कार्यक्रमलाई सहयोग पुराउने गरि काम गरिरहेका छौँ । सिमेन्ट उद्योगले हजारौंलाई रोजगारी प्रदान गरि देश विकासमा योगदान गरि रहेका छौँ ।’

अध्यक्ष मारुले आफ्नो कार्यकालमा सिमेन्ट उद्योगहरु भोगि रहेका समस्या समाधानलाई नियामकलाई घच्घच्याउने बताए । ‘सिमेन्ट उद्योगमा भोगि रहेका समस्या समाधान तथा सहजिकरण लागि सरकार तर्फबाट सहयोग पुग्ने आश गरेका छौ । अघि मन्त्रि तथा मन्त्रालय सचिवहरुले दिएको आश्वासनलाइ धन्यवाद दिन चाहन्छु’ मारुले भने,- ‘म लाइ सिमेन्ट उत्पादन संघको जिम्मेवारी दिनु भएकोमा आभार व्यक्त गर्न चाहन्छु । हाम्रो साझा समस्या समाधानका लागि सम्बन्धि निकायको दलौमा पुगि समाधान गर्न प्रयत्न गर्न छु ।’

सरकारले उधोगिहरुलाइ सहयोगी निति ल्याउनेमा विश्वास समेत उनले ब्यक्ति गरे । उधोगिहरु यो देशको अर्थतन्त्रलाई सबल बनाउन र देशको जिडिपिमा ठूलो योगदान दिन सक्ने मारुले बताए ।

कार्यक्रम नेपाल उधोग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालि कांग्रेस र एमालेको सत्ता समिकरण पछि उधोगीहरु आशा जागेको बताए। उनले भने, ‘सरकारले सहज निति ल्याउनुपर्छ । अहिले बनेको नयाँ सत्ता समिकरणले उधोगहरुमा केहि‌ सुधार हुने आश देखिएको छ ।’

घहिलेको सरकार उधोगिमैत्रि रहेको उनले बताए । सरकारले निजि क्षेत्रको सुधारका लागि देखाइरहेको चासोले सरकार प्रोत्साहन गर्छ भन्ने आश रहेको उनले बताए।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*