आइएमइ लाइफको नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न, दुई सय जनाले लिए सेवा

३२ श्रावण २०८१, शुक्रबार २२:०२

काठमाडौं  । आइएमइ लाइफ इन्सोरेन्सको सातौ बार्शिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायीतब अन्तर्गत आइ एम इ लाइफ इन्स्योरेन्स नारायणघाट क्षेत्रको आयोजना तथा पुष्पान्जली हस्पिटल प्रा.ली.भरतपुर १० को प्राबिधिक सहयोगमा शहीद गणेश स्वास्थ्य चौकी गितानगरमा एकदिने नि:शुल्क स्वास्थ्य शिबीर सम्पन्न गरेको छ ।

उद्घाटन कार्यक्रमको सभापतित्व आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय प्रबन्धक यशोदा ढुंगानाले गरेकी थिइन भने  प्रमुख अतिथि भरतपुर माहानगरपालिका ६ का वडाध्यक्ष कृष्णलाल श्रेस्ठ, विशिस्ठ अतिथि बरिस्ठ फिजिसियन डा.भोजराज अधिकारी, सामाजिक.इ.प्रमुख केदार सुबेदी, हे.पो. ईन्चार्ज भवीस्वर अधिकारी वडासदस्य रुद्र अधिकारी,डा.रिकेश सापकोटा, डा.यूबराज पौडेल को आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै डा भोजराज अधिकारीले अब अस्पतालनै बिरामिकोमा जानु पर्छ जनताले आधारभुत औषधी घरमै पाउनु पर्छ ,नून चीनी चील्लो कम गरौ रोग लाग्यो भनेर नआत्ती अर्को पटक डाक्टर नभेटूनजेल नियमित औषधी खाऊ भन्दै सुझाव दिए ।

निशुल्क प्रेशर-शुगरटेस्ट र निशुल्क औषधी समेत बाड़िएको थियो साथै यश शिविरमा महिला ८९ र पुरुष ९० गरी १७९ जना बिरामी ले सेवा लिएको कम्पनीले जनाएको छ । आइ एम इ लाइफ इन्स्योरेन्सले आफ्नो बार्शिकोत्सवको अवसर पारेर देशका सातै प्रदेशका विभिन्न जिल्लामा यश प्रकारको सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आफ्नो बार्सिकोत्सव सप्ताह मनाउदै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*