नेपाल इन्फ्रास्टक्चर बैकको सीईओमा कृष्ण बहादुर अधिकारी नियुक्त
३२ श्रावण २०८१, शुक्रबार १८:२२
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको साउन ३० गते बेलुका बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तत्कालीन सीईओ रामकृष्ण खतिवडाले दिएको राजीनामा गत माघ १ देखि लागू हुने गरी स्वीकृत भएको थियो। हाल बैंकका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङले कामुको जिम्मेवारी सम्हाल्दै आएका थिए ।