बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली
काठमाडौँ । गाडी बिक्री गरेपछि स्पेयर पाट्र्समा ठगी गर्ने परम्परा नेपालको पुरानै हो । चाहे त्यो टोयोटा होस वा होण्डा किन नहोस् । अटो क्षेत्रमा छुट्टै पहिचान बनाइरहेको बिवाईडि ईभि गाडीको पनि विभिन्न पाट्र्स नेपालमा नपाइने र पाइहालेमा कम्पनीले अत्याधिक महंगो मूल्य लिएर ग्राहकलाई ठगी गर्ने गरेको तथ्य फेला परेको छ । बिवाईडि गाडीको विद्युतीय प्रणाली र यसका विभिन्न इलेक्ट्रोनिक कम्पोनेन्टहरू कनेक्सन गर्ने तार (बिवाईडी हार्नेस) नेपालमा नपाउँदा सो गाडी किनेका ग्राहकहरु मर्कामा परेका छन् । हेर्दा आकर्षक तर गुणस्तरमा समस्या रहेको बिवाईडी गाडिको वायर हार्नेस नेपालमा नपाइने भएपछि ग्राहकहरुलाई हैरानी व्यहोर्नु परेको गुनासो प्रयोगकर्ताहरुले बीमापोष्ट समक्ष गरेका छन् । हार्नेस नामक वायरले बिवाईडीको मेन बोर्डबाट ड्यासबोर्ड तथा अन्यत्र कनेक्सन गर्ने गर्दछ । हार्नेसले एक कम्पोनेन्टबाट अर्कोमा सञ्चालनको क्रममा शक्ति र सञ्चार आदान–प्रदान गर्दछ । हार्नेस बिना गाडिमा पावर अवरोधहरू, कम दक्षता, र सम्भावित आगो उत्पन्न हुने खतराहरू हुन्छ । उक्त हार्नेस नामक तारको नियमित निरीक्षण आवश्यक पर्छ । जसले गर्दा थप गम्भीर समस्याहरू उत्पन्न हुनु अघि क्षतिको कुनै पनि संकेत पत्ता लगाउन सकिन्छ । हार्नेस नामक तार बिवाईडी सवारी साधनको अभिन्न अंग हो । यसको औसत लम्बाइ ४ मिटरको भएतापनि हजारौं साना अविभाज्य कम्पोनेन्टहरू मिलेर बनेको हुन्छ । यी कम्पोनेन्टहरूमा सुरक्षा एयरब्यागहरू, एबिएस ब्रेकहरू, सिग्नल लाइटहरू र आवश्यक इन्जिन … Continue reading बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed