बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली

३२ श्रावण २०८१, शुक्रबार १७:२४

काठमाडौँ । गाडी बिक्री गरेपछि स्पेयर पाट्र्समा ठगी गर्ने परम्परा नेपालको पुरानै हो । चाहे त्यो टोयोटा होस वा होण्डा किन नहोस् । अटो क्षेत्रमा छुट्टै पहिचान बनाइरहेको बिवाईडि ईभि गाडीको पनि विभिन्न पाट्र्स नेपालमा नपाइने र पाइहालेमा कम्पनीले अत्याधिक महंगो मूल्य लिएर ग्राहकलाई ठगी गर्ने गरेको तथ्य फेला परेको छ । बिवाईडि गाडीको विद्युतीय प्रणाली र यसका विभिन्न इलेक्ट्रोनिक कम्पोनेन्टहरू कनेक्सन गर्ने तार (बिवाईडी हार्नेस) नेपालमा नपाउँदा सो गाडी किनेका ग्राहकहरु मर्कामा परेका छन् ।

हेर्दा आकर्षक तर गुणस्तरमा समस्या रहेको बिवाईडी गाडिको वायर हार्नेस नेपालमा नपाइने भएपछि ग्राहकहरुलाई हैरानी व्यहोर्नु परेको गुनासो प्रयोगकर्ताहरुले बीमापोष्ट समक्ष गरेका छन् । हार्नेस नामक वायरले बिवाईडीको मेन बोर्डबाट ड्यासबोर्ड तथा अन्यत्र कनेक्सन गर्ने गर्दछ । हार्नेसले एक कम्पोनेन्टबाट अर्कोमा सञ्चालनको क्रममा शक्ति र सञ्चार आदान–प्रदान गर्दछ । हार्नेस बिना गाडिमा पावर अवरोधहरू, कम दक्षता, र सम्भावित आगो उत्पन्न हुने खतराहरू हुन्छ । उक्त हार्नेस नामक तारको नियमित निरीक्षण आवश्यक पर्छ । जसले गर्दा थप गम्भीर समस्याहरू उत्पन्न हुनु अघि क्षतिको कुनै पनि संकेत पत्ता लगाउन सकिन्छ ।

हार्नेस नामक तार बिवाईडी सवारी साधनको अभिन्न अंग हो । यसको औसत लम्बाइ ४ मिटरको भएतापनि हजारौं साना अविभाज्य कम्पोनेन्टहरू मिलेर बनेको हुन्छ । यी कम्पोनेन्टहरूमा सुरक्षा एयरब्यागहरू, एबिएस ब्रेकहरू, सिग्नल लाइटहरू र आवश्यक इन्जिन भागहरू समावेश गरेका हुन्छन् ।

 

 

सोहि हार्नेस नेपालमा उपलब्ध नभएको तथ्य खुलेको छ । अहिले सोही तार नपाउँदा सयौ बिवाईडि गाडी शोरुममा थन्किएर बसेका छन् । विदेशबाट पाट्स मगाउने पर्ने भन्दै एक महिनासम्म कार शोरुममा राख्नुपर्ने बाध्यता रहेको एक विबाईडिका ग्राहकले बीमापोष्टलाई बताए । उनले भने, ‘केहि दिन अघि काठमाडौँमा आएको बाढीले मेरो बिवाईडि कार डल्फिन बिग्रीएको थियो । शोरुमसम्म पुराए । हार्नेस पाट्स राख्नुपर्ने भयो । तर, नेपालका कुनै पनि शोरुममा उक्त पाट्स छैन रे । विदेशबाट मगाउँदा २० देखि ३० दिन लाग्ने जानकारी दिएको छ । अहिले गाडी गुडाउन सकेको छैन ।’

हार्नेस विदेशबाट मगाउनुपर्ने भएकाले सो पाट्स नेपालमा आइपुग्दा करिब २ लाखदेखि २ लाख ५० हजारसम्म पर्ने जानकारी शोरुमले दिएको ति ग्राहकले बताए । ‘ विद्युतीय तार हार्नेस नेपालमा नपाइदा सयौ गाडि शोरुममा थन्किएका छन् । उक्त पाट्स नेपालसम्म आइपुग्दा २ लाखदेखि ५० लाखसम्म पर्ने भनिएको छ । अहिले ट्याक्सी चढेर आवत जावत गरिरहेको छु । बिवाईडिको गाडि किनेर निकै हैरान भयो’ कालिमाटीका ति प्रयोगकर्ताले भने ।

हार्नेस मात्र नभइ अन्य पाट्सहरु पनि नेपालमा सजिलै उपलब्ध नहुने गरेको ग्राहकहरुको गुनासो रहेको छ । बिवाईडीको गाडीमा लजिष्टिक र म्याग्नुफ्याक्चरर समस्याका कारण अन्र्तर्राष्ट्रिय बजार प्रभावित भइरहेको बेला नेपालमा समेत व्यापारमा धक्का लागि रहेको छ । बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंकले भन्सार छलि गर्दैै व्यापार बढाउने रणनीति बाहिरी शतहमा आएसँगै पछिल्लो समय नेपाली बजार प्रभावित हुँदै गइरहेको छ । किलोवाट ढाँटेर विद्युतीय गाडी आयात गरी अर्बौ राजस्व छलि कम्पनीकी संचालक यमुना श्रेष्ठले गरेकी छिन् ।

विद्युतीय तार हार्नेस नेपालमा नपाउँदा ग्राहकले भोग्नु परेको सास्तीको बारे बिवाईडिका सीइओ साहिल श्रेष्ठ र बिक्री प्रबन्धक साइमेक्सकी निर्देशक यमुना श्रेष्ठलाई बुझ्न खोज्दा सम्पर्कमा नै आउन चाहेनन् ।

3 thoughts on “बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली

  1. राम त्रिपाठी says:

    अब यस्ताे भयाे भने कम्पनी मा सबै ग्राहक ले लगेर गाडि थन्कायउनु पर्छ अनि कम्पनि ले तिर्छ बैक काे किस्ता सबै काे बेच्नदा चै अनेक कुरा भनेर बेच्ने अहिले सामान हरु नपाईने अनि पाई हाले लाखाै लिने गर्याे भने कम्पनी मा ताला लगाउनु पर्छ

  2. Kesab ureti says:

    astaa thug componi bandaa garnu parchha

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*