राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज
३२ श्रावण २०८१, शुक्रबार १३:१०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज गरेको छ ।
केन्द्रीय बैंकले उपत्यकामा सञ्चालित दुई वटा मनिचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको हो ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौंको ठमेलमा रहेको रेन्बो मनि एक्स्चेन्ज प्रालि र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्स्चेन्ज प्रालिको इजाजतपत्र रद्द गरेको जनाएको छ ।