बीमा दोकानले खुलायो रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

३२ श्रावण २०८१, शुक्रबार १२:१३

काठमाडौं । बीमा दोकानले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको लागि मार्केटिङ एक्सक्यूटीभ (बजार प्रतिनिधि) पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना जारी गर्दै उक्त पदमा ६ जना कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि नेपाली नागरिकहरुसँग मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लट टु पास गरेको र वित्तीय क्षेत्रमा एक वर्षको कार्य अनुभव हुनुपर्ने छ । अनुभवि र क्षमतावान प्रतिस्प्रर्धिलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

इच्छुक नेपाली नागरिहरुले संस्थाको आधिकारिक इमेल  [email protected]  मा आवश्यक कागजात पठाएर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*