प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम २७५ रुपैयाँमा जोकोही व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुकले आज साउन ३२ गतेदेखि भदौ ११ गते अपरान्ह ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा २ लाख कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।
सो शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडमा बोलपत्र पेश गर्नु पर्नेछ ।
One thought on “प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा”