गठ्ठाघर क्षेत्र तनावग्रस्त, ज्यान गुमाएका स्कुटर चालकको पहिचान खुल्यो

३१ श्रावण २०८१, बिहीबार १८:१२

काठमाडौँ । भक्तपुरको गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको छ । ट्रकको ठक्करबाट स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएपछि सो क्षेत्र आन्दोलित भएको हो ।

बिहीबार दिउँसो बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको बेला ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो।

ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै अहिले त्यहाँ ठूलो संख्यामा जम्मा भएर सर्वसाधारणले विरोध गरिरहेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*