लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितीका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा साउन ३१ गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा सम्पन्न भएको हो ।
सभाले कम्पनीको विशेष साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष निकोलस पाण्डेले कम्पनीको जारी पूंजी अन्र्तगत सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशतको प्रति कित्ता अंकित मूल्य एक सय रुपैयाँका दरले हुने जम्मा शेयर संख्या २२ लाख ५० हजार कित्ता बराबरको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसै गरी प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) मार्फत बिक्रिबाट प्राप्त हुने २२ करोड ५० लाख रुपैया नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गरी उपयोग गरिने निर्णय पनि सोही सभाले पारित गरेको छ ।
सोही विशेष साधारण सभाबाट आइपीओ निष्काशन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्यितारी प्रदान गर्ने कुरा सर्वसम्मतिबाट पारित गरेको छ ।
विशेष साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको कम्पनीका सूचना अधिकारी दिगबिजय सिंघालले बताए ।