एनबिआईको आयोजनामा बीमा प्राधिकरणसहित एक दिने सम्पत्ति शुद्धिकरण सम्मेलन सम्पन्न
३१ श्रावण २०८१, बिहीबार १५:५६
काठमाडौं । नेपाल बैंकि इन्टिच्यूटको आयोजनामा र नेपाल बीमा प्राधिकरणको उपस्थितिमा नेपालमा सञ्चालित बीमा कम्पनी तथा बैंकहरु सम्मिलित एक दिने सम्पत्ति शृद्धिकरण सम्मेलन आज काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंको होटल एलफ्टमा एक दिने सम्पत्ति शुद्धिकरण सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा बीमा कम्पनी तथा बैंकबाट सिईओ तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विभागका कर्मचारीहरु सहभागी थिए ।
नेपाल बीमा प्राधिकरणबाट उप निर्देशक शाम्बराज लामिछाने सहभागी थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकका अधिकारीहरुले समेत सम्मेलनमा सहभागिता जनाएका थिए ।
फरक फरक सेसनमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी छलफल तथा अन्तरक्रियाहरु गरिएको थियो ।
*यसअघि अन्यथा पर्न गएकोले सम्पादन गरिएको छ ।