नेशनल लाइफको ‘ब्रान्च म्यानेजर्स एन्युअल कन्फरेन्स’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट शाखा प्रमुख सम्मानित

३१ श्रावण २०८१, बिहीबार १४:३४

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘ब्रान्च म्यानेजर्स एन्युअल कन्फरेन्स’ भव्य रुपमा सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०।०८१ मा उत्कृष्ट कार्य सम्पादन गरेका ब्रान्च म्यानेजर्सहरुलाई सम्मान गर्न र चालु आवका व्यवसायिक रणनितीहरु सम्बन्धि छलफलको लागि उक्त कन्फरेन्स गरिएको कम्पनीले जनाएको छ । चितवनको सोल्टी वेस्टेड रिसोर्टमा ११८ जना भन्दा बढी ब्रान्च म्यानेजर्सको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कर्मचारीहरुलाई उनीहरुले गरेको कार्यको तारिफ गर्दै हौसल प्रदान गरेकी छिन् । उनले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गर्दैै प्रोत्साहन गरेकी छिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रिले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएका ब्रान्च म्यानेजर्सहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले नेशनल लाइफको वित्तीय अवस्था पनि एकदम बलियो बन्दै गएको र आउँदो दिनमा अझ सशक्त भएर अगाडी बढ्नु पर्ने बताए ।

चितवनमा भव्य रुपमा सम्पन्न भएको उक्त कन्फरेन्समा गत आवमा विभिन्न बिधामा उत्कृष्ट कार्य सम्पादन गरेका ब्रान्च म्यानेजर्सहरुलाई सम्मानित गरेको छ । देशभरीका ब्रान्च म्यानेजरहरुको सहभागिताले आपसी चिनजान र सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने कर्मचारीहरुको प्रतिक्रिया दिएका छन् ।

कम्पनीले सहभागि भएका सबै ब्रान्च म्यानेजर्सहरुको योग कक्षाहरु सञ्चालन गराउँनुका साथै विभिन्न खेलकुदहरुको समेत व्यवस्था गरेको थियो ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह, प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रि लगायतका व्यवस्थापकीय कर्मचारी र देशभरीका ब्रान्च म्यानेजर्सको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*