मर्जर भएका बीमा कम्पनीको वित्तीय अवस्था औषत, ईपीएस र व्यवसायमा देखिएन उत्साह

३१ श्रावण २०८१, बिहीबार १४:२५

काठमाडौं । दुई वर्षअघि नियामक नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई जबर्जस्ती मर्जर गराएको भए तापनि उनीहरुको व्यवसाय र प्रगति औषत मात्रै देखिएको छ । गत वर्षको वित्तीय विवरणको आधारमा विश्लेषण गर्दा प्रतिशेयर आम्दानी तथा व्यवसायमा उत्साह देखिएको छैन बरु समानता पाइएको छ ।

नेपाल बीमा प्राधिकरणले दिएको चुक्ता पूँजी पूरा गर्न नसकेका कम्पनीहरूले विभिन्न उपाय अवलम्बन गरेर चुक्ता पूँजी पुर्याउने प्रयासमा छन् । जसमा प्रभु महालक्ष्मी लाइफले १ः०.७ को अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारीमा छ ।

मर्जर भएका जीवन बीमा क्षेत्रको अवस्था

चुक्ता पूँजीको आधारमा
चुक्ता पूँजीको आधारमा मर्जरमा गएका चार जीवन बीमा कम्पनीमध्ये हिमालयन लाइफ अब्बल रहेको छ । यस कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ छ । दोस्रोमा सूर्यज्योति लाइफ, तेस्रोमा प्रभु महालक्ष्मी लाइफ र अन्तिममा सानिमा रिलायन्स लाइफ रहेको छ ।

रिजर्भको आधारमा
रिजर्भको आधारमा पनि हिमालयन लाइफ नै अग्रस्थानमा छ । गत वर्ष कम्पनीको रिजर्भमा २ अर्ब १० करोड ८६ लाख ५८ हजार रुपैयाँ संचिति छ । दोस्रोमा सूर्यज्योति लाइफ, तेस्रोमा सानिमा रिलायन्स र अन्तिममा प्रभु महालक्ष्मी लाइफ छ ।

कुल बीमाशुल्कको आधारमा
कुल बीमाशुल्कको आधारमा पनि पहिलो स्थान हिमालयन लाइफ र दोस्रो स्थान सूर्यज्योति लाइफले नै ओगटेको छ । तेस्रोमा सानिमा रिलायन्स र अन्तिममा प्रभु महा लक्ष्मीलाइफ छ ।

ईपीएसको आधारमा
ईपीएसको आधारमा भने सूर्यज्योति लाइफ अग्रस्थानमा रहेको छ । गत वर्ष कम्पनीको ईपीएस ८.७२ रुपैयाँ छ । यसैगरी दोस्रोमा प्रभु महालक्ष्मी लाइफ, तेस्रोमा हिमालयन लाइफ र अन्तिममा सानिमा रिलायन्स छ ।

खुद नाफाका आधारमा
खु्द नाफाको आधारमा हेर्दा सूर्यज्योति अग्रस्थानमा छ । कम्पनीले गत वर्ष ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ छ । दोस्रोमा प्रभु महालक्ष्मी लाइफ, तेस्रोमा हिमालयन लाइफ र अन्तिममा सानिमा रिलायन्स लाइफ छ ।

खुद बीमाशुल्कको आधारमा
खुद बीमाशुल्कको आधारमा हेर्दा हिमालयन लाइफ अग्रस्थानमा छ । कम्पनीले गत वर्ष १६ अर्ब १९ करोड २० लाख ४९ हजार रुपैयाँ छ । दोस्रोमा सूर्यज्योति लाइफ, तेस्रोमा सानिमा रिलायन्स र अन्तिममा प्रभु महालक्ष्मी लाइफ छ ।

मर्जर भएकानिर्जीवन  बीमा क्षेत्रको अवस्था

चुक्ता पूँजीको आधारमा
मर्जरमा गएका ६ वटा निर्जीवन बीमा कम्पनीमध्ये आईजीआई प्रुडेन्सियलको चुक्ता पूँजी अधिक रहेको छ । त्यसैगरी क्रमैसँग सिद्धार्थ प्रिमियर, सलिको, हिमालयन एभरेष्ट, यूनाईटेड अजोड र सानिमा जीआईसी छन् ।

रिजर्भको आधारमा
रिजर्भको आधारमा हेर्दा आईजीआई प्रुडेन्सियल नै अगाडि छ । दोस्रोमा सिद्धार्थ प्रिमियर, तेस्रोमा सलिको, चौथोमा हिमालयन एभरेष्ट, पाँचौंमा यूनाईटेड अजोड र अन्तिममा सानिमा जीआईसी छ ।

कुल बीमाशुल्कको आधारमा
कुल बीमाशुल्कको आधारमा तुलना गर्दा भने सलिको अग्रस्थानमा छ । त्यसैगरी क्रमशः सिद्धार्थ प्रिमियर, आईजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट, युनाईटेड अजोड र सानिमा जीआईसी छ ।

ईपीएसको आधारमा
ईपीएसलाई आधार मानेर तुलना गर्दा हिमालयन एभरेष्ट २६.७२ रुपैयाँ सहित अग्रस्थानमा छ । त्यसैगरी सिद्धार्थ प्रिमियर, सलिको आईजीआई, यूनाइटेड अजोड र सानिमा जीआईसी छन् ।

खुद नाफाको आधारमा
खुद नाफाको आधारमा हेर्दा सिद्धार्थ प्रिमियर अग्रस्थानमा छ । त्यसपछि क्रमशः हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल, सलिको, युनाइटेड अजोड र सानिमा जीआईसी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*