जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १४% वृद्धि, कुनको कति ?

अग्रस्थानमा नेपाल लाइफ, वृद्धिदरमा प्रभु महालक्ष्मी र सानिमा रिलायन्स अघि
३१ श्रावण २०८१, बिहीबार १२:२८

काठमाडौं । सञ्चालनमा रहेका सबै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको खुद बीमा शूल्क आर्जन समान्य अंकले बृद्धि भएको छ ।

नेपालमा बीमा व्यवसाय सञ्चालन गर्दै आएका १४ जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १३.९६ प्रतिशतले बढेर एक खर्ब ५२ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको यस अवधिमा एक खर्ब ३३ अर्ब ७४ करोड रुपैया खुद बीमा शुल्क आर्जन गरेका थिए ।

समीक्षा अवधिमा सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यसको खुद बीमा शुल्क आर्जन ९.८६ प्रतिशतले बढेर ४० अर्ब ११ करोड २ लाख ८ हजार रुपैयाँ पुगेको छ । १ वर्षमा १२ वटै कम्पनीको खुद बिमा शुल्क बढेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १३.९९ प्रतिशतले बढेर १८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, एलआइसी नेपाले १८ अर्ब ६ करोड रुपैयाँ, हिमालयन लाइफले १६ अर्ब १९ करोड रुपैयाँ, सूर्यज्योति लाइफले नौ अर्ब १० करोड रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेका छने । यी बाहेकका अन्य कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १० र्ना अर्ब भन्दा मुनी रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सबैभन्दा बढी अंकले खुद बीमा शुल्क आर्जनलाई बृद्धि गर्न सफल भएको छ । कम्पनीले १२२.४० प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरेर चार अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ ।

साथै, सानिमा रिलायन्स लाइफको यस्तो आम्दानी ७४ प्रतिशतले बढेर पाँच अर्ब ८६ करोड रुपैयाँ र सूर्यज्योति लाइफको २७ प्रतिशतले वृद्धि भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*