सानिमा रिलायन्सको बर्दिबास उपशाखाद्वारा १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी
३१ श्रावण २०८१, बिहीबार १०:४७
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीको बर्दिबास उपशाखा कार्यालयले स्वर्गिय बीमितको घरमा नै गई दावी वापतको रुकम हस्तान्तरण गरेको हो ।
कम्पनीको बर्दिबास उपशाखा कार्यालयले बर्दिबास–६ निवासी बीमित स्वर्गिय राकेश मण्डलको श्रीमती रिन्कु कुमारीलाई मृत्यु दावी बापतको १३ लाख रुपैयाँको भुक्तानी हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ ।
बर्दिबास–६ का जनप्रतिनिधि मन्जु कुमारी सिन्ह र कम्पनीका बर्दिवास रिजन क्षेत्रीय प्रबन्धक जयदेव गौतमले बीमा दावी बापतको चेक हस्तान्तरण गरेका हुन् ।