स्थापनाको छोटो अवधीमा नै क्रेष्ट माइक्रो लाइफको आशलाग्दो प्रगति, मुनाफा ४० लाख माथि

३१ श्रावण २०८१, बिहीबार ०८:१६

काठमाडौं । स्थापनाको छोटो समयमा नै उल्लेख्य प्रगति गर्दै अघि बढेको क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले गत आवमा आशलाग्दो नतिजा दिन सफल भएको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस कम्पनीले अघिल्लो आर्थिक वर्षमा करीब ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो वर्ष ६३ हजार रुपैयाँ मात्रै रहेको जीवन बीमा कोषको आकार उल्लेख्य मात्रामा बढेर ४ करोड ७१ लाख ५० हजार रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीले ८८ लाख रुपैयाँ बढीको दाबी भुक्तानी गरेको छ ।

गत वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ९ करोड ७६ लाख रुपैयाँ बढी भएको छ । अघिल्लो वर्ष यो ६३ हजार रुपैयाँ मात्रै थियो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले गत वर्षमा ५३ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ०.७६ रुपैयाँ छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*