१५६ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, ११ वटामा सकारात्मक सर्किट

३० श्रावण २०८१, बुधबार १५:१७

काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै लगानीकर्ताहरुले आफुसँग भएका शेयरहरु पनि बिक्री गर्न लागि परेका छन् ।

बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १५६ वटाको शेयरमूल्य वृदि हुँदा ११ वटामा सकारात्मक सर्किट लागेको छ ।

बुधबार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभुमि लघुवित्त, एचआइडिसीएल लगायतका ११ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*