सूचीकृत कम्पनीको वित्तिय विवरण सार्वजनिक पछि नेप्से ३४।२९ अंकले बढ्यो, फाइनान्सको उपसूचकमा उछाल

३० श्रावण २०८१, बुधबार १५:०८

काठमाडौं ।  हिजो ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको छ। नेप्से उपसूचकहरुमा आज हरीयाली छाएको छ।

आज तीन बाहेक अधिंकाश उपसूचकमा हरीयाली छाएको छ। नेप्सेमा सूचीकृत कम्पनीहरुले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक भएसँगै लगानीकर्ताहरु थप हर्षित भएका छन् ।

कम्पनीको वित्तिय विवरण कुरेर बसेका लगानीकर्ताहरुलाई कुन कम्पनीका लगानी गर्ने भन्ने बाटो खुल्ला भएको छ।

नेप्से ३४।२९ अंकले बढ्दा २९५७।७५ को विन्दुमा कायम भएको छ।

आज ३३२ सूचीकृत कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० कित्ता शेयर सूचीकृत हुँदा २३ अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।आज जीवन बीमा, माईक्रोफाइनान्स र म्युचअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।

फाइनान्स क्षेत्रको उपसूचकमा आज उछाल छाएको छ।

त्यस्तै, विकास बैंकमा पनि लगानीकर्ताको आकर्षण बढेको देख्न सकिन्छ ।

आज हिमालयन रि , शिवम सिमेन्टस, अपी पावर र नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोगेसिभ फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*