हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्टको शेयर सार्वधिक खरिद–बिक्री, कुनको कति ?

३० श्रावण २०८१, बुधबार १५:०६

काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै लगानीकर्ताहरुले आफुसँग भएका शेयरहरु पनि बिक्री गर्न लागि परेका छन् ।

बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ को बिन्दुमा कायम भएको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

साथै, शिवम् सिमेन्टको ८४ करोड २९ लाख रुपैयाँ, अपि पावरको ७५ करोड ५९ लाख रुपैयाँ, नेपाल फाइनान्सको ६१ करोड ६४ लाख रुपैयाँ र सानिमा माइ हाइड्रोपावरको ५८ करोड ३२ लाख रुपैयाँले कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*