शिखर इन्स्योरेन्सको मुनाफामा उछाल, वित्तीय विवरणमा देखियो यस्तो प्रगति

३० श्रावण २०८१, बुधबार १२:४०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष १२६.८७ प्रतिशत खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष ५१ करोड ३० लाख रुपैयाँ उल्लेखनीय नाफा कमाएको हो । अघिल्लो वर्ष कम्पनीले २२ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।

गत वर्ष कम्पनीको बीमा कोषको आकार सामान्य १.८४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५ करोड ६ लाख रुपैयाँ रहेको बीमा कोष गत वर्ष ५ करोड १५ लाख रुपैयाँ पुगेको हो । कम्पनीको कुल बीमाशुल्क आम्दानीमा पनि १.६८ प्रतिशतको सामान्य वृद्धि देखिन्छ ।

गत वर्ष कम्पनीको खुद बीमाशुल्क आम्दानी भने १३.३२ प्रतिशतले बढेर १ अर्ब ५६ करोड १२ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष १ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा कुल दाबी भुक्तानी भने १५.९३ प्रतिशतले घटेर २ अर्ब २४ करोड ८७ लाख रुपैयाँमा झरेको छ ।

गत वर्ष कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानीमा समेत करीब ११ प्रतिशतको गिरावट देखिएको छ । यससँगै कम्पनीले कुल खर्चमा ४.७४ प्रतिशतको कटौती गरेको छ ।

२ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भ फण्डको आकार २४.४२ प्रतिशतले बढेको छ । प्रतिशेयर आम्दानी ११.७ रुपैयाँले बढेर १९.३२ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २०४.५९ रुपैयाँ, पीई रेसियो ३७.४२ प्रतिशत र सोल्भेन्सी रेसियो ३.३३ प्रतिशत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*