सगरमाथा लुम्बिनी इन्स्योरेन्सको मुनाफा ८३.९५ प्रतिशतले बढ्यो, ब्यवसायमा समेत चमक

३० श्रावण २०८१, बुधबार ११:५७

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको नाफा ८३.९५ प्रतिशतले बढेर ६० करोड ८९ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड १० लाख २३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन समेत ४३.८३ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २४ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवको सोहि अवधिका ४ अर्ब ६७ करोड २३ लाख रुपैयाँ पुराएको हो ।

कम्पनीको जीवन बीमा कोषको आकार ६.६८ प्रतिशतले घटेर ६ अर्ब ९० करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त आकार ७ अर्ब ३९ करोड माथि रहेको छ ।

यता, कम्पनीको खुद बीमा शुल्क आर्जन १९.०७ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले एक वर्षमा आफ्नो बीमितहरुलाई २ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १७.५१ रुपैयाँबाट बढेर २३.२२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २४२.०४ रुपैयाँ रहेको छ ।

साथैै, कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड रुपैयाँ र जगेडा कोष सञ्चिति १२.५६ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*