एलआइसी नेपालले बनायो एक खर्ब २० अर्बको जीवन बीमा कोष, व्यवसायमा देखियो वृद्धि

३० श्रावण २०८१, बुधबार ११:०२

काठमाडौं । एलआईसी नेपालले गत आवको असार महिनासम्मको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार एक खर्ब २० अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ ।

कूल दुई अर्ब ६५ करोड ३२ लाख चुक्ता पुँजि भएको एलआईसी नेपालको जीवन बीमा कोषमा एक खर्ब २० अर्ब ३८ करोड रुपैयाँ सचिंत रहेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार एक खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनी जीवन बीमा कोष १३.२० प्रतिशतले बढाउन सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोष तीन अर्ब ३२ करोडबाट बृद्धि भई तीन अर्ब ५७ करोड रुपैयाँको बन्न पुगेको छ । कम्पनीले जगेडा कोषको आकार ७.६५ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले कूल एक खर्ब सात करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै २२ अर्ब रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ । कम्पनीको लगानी १५.६८ प्रतिशतले बृद्धि भएको छ भने कर्जा प्रवाह १.५२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले आफ्ना बीमितहरुलाई आवश्यक परेको अवस्थामा उचित रुपले कर्जा प्रवाह गर्दै आएको छ ।

कम्पनीले गत आवमा बीमा अभिकर्तालाई दिने कमिशन रकम सामान्य अंकले घटेर एक अर्ब ४३ करोडबाट एक अर्ब ३९ करोडमा आएको छ । कम्पनीको खुद नाफा ६८.३१ प्रतिशतले घटेर ७५ करोडबाट २३ करोडमा झरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्ने हुन्छ ।

कम्पनीको व्यवसाय ३.६५ प्रतिशतले बृद्धि भई १७ अर्ब ४७ करोडबाट बढेर १८ अर्ब १० करोड नाघेको छ । त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आम्दानी १८ अर्ब छ करोड रहेको छ ।

समीक्षा अवधीमा एलआईसी नेपालको कूल खर्च ७.३२ प्रतिशत बढेर दुई र्ब ५५ करोडबाट दुई अर्ब ७४ करोड पुगेको छ भने लगानी तथा कर्जाबाट प्राप्त ब्याज आम्दानी १०.१६ प्रतिशतले बृद्धि भई ११ अर्ब ७० रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*