प्रभु महालक्ष्मी लाइफको नाफा र बीमा शुल्क आर्जन शत प्रतिशत बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था

३० श्रावण २०८१, बुधबार ०८:२४

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । आज सार्वजनिक गरेको अपरिष्कृत विवरण अनुसार कम्पनीको मुनाफा शत प्रतिशतले वृद्धि हुलुका साथै सम्पूर्ण वित्तीय सूचकहरुमा प्रगति देखिएको छ ।

कूल चार अर्ब २९ करोड चुक्ता पुँजि भएको प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष ४०.५० प्रतिशतले बढेर १० अर्ब २८ करोड ६९ लाख पुगेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार सात अर्ब ३२ करोड १९ लाख रुपैयाँ रहेको थियो । त्यस्तै जगेडा कोषको आकार पनि ७१ प्रतिशतले बृद्धि भई एक अर्ब १६ करोड १२ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीले कूल १३ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै एक अर्ब ७ करोड रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ । कम्पनीको लगानी ३१ प्रतिशतले बृद्धि भएको छ भने बीमितलाई प्रदान गरेको कर्जा १३ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा महिनाको अवधीमा कम्पनीले चार अर्ब ३७ करोड २३ लाख कूल बीमा शुल्क संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष पनि कम्पनीले दुई अर्ब पाँच करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११३ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, कुल खुद दावी भुक्तानी २५ प्रतिशतले बृद्धि भई ८५ करोड रुपैयाँबाट एक अर्ब सात करोड रुपैयाँ पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी १२४ प्रतिशतले बृद्धि भई ५५ करोड ८७ लाखबाट बढेर एक अर्ब २५ करोड नाघेको छ । त्यस्तै कमिशन खर्च पनि ७२ प्रतिशतले बढेर ४८ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १०४ प्रतिशतले बढाएर ३६ करोड ६१ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १७ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधीमा एशियन लाइफको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५२ पैसा रहेको छ । समग्रतामा कम्पनीले व्यापक सुधार गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*