सिटिजन लाइफको नाफामा उल्लेख्य वृद्धि, बीमा कोष १४ अर्ब माथि
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षमा खुद नाफा २१६.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १० करोड २५ लाख रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष ३२ करोड ४७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो ।
कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५४ प्रतिशतले बढेर १४ अर्ब ४४ करोड २९ लाख रुपैयाँ माथि पुगेको छ । जुन अघिल्लो वर्ष १० अर्ब २० करोड ४१ लाख रुपैयाँ मात्रै थियो ।
कम्पनीको कुल बीमाशुल्क आम्दानी पनि ५.४७ प्रतिशतले बढेर ६ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ५ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी भने ३.८४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँमा सिमित भएको छ ।
कम्पनीले संस्थागत सुधार गर्दै १०.१६ प्रतिशतले कुल खर्च बढाएको छ । तर कमिसन खर्चमा भने १०.२० प्रतिशत कटौती गरिएको छ । गन वर्ष कम्पनीले लगानी भने उल्लेख्य मात्रा ५७.३३ प्रतिशतले बढाएको छ । आफ्ना बीमितलाई दिने कर्जा समेत २७.८७ प्रतिशतले बढाएको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५० प्रतिशतले बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुगेको छ । प्रतिशेयर आम्दानी ४.३३ रुपैयाँबाट बढेर ८.२५ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १७६.९६ रुपैयाँ, पिई रेसियो ६६.०३ गुणा र सोल्भेन्सी रेसियो १.८२ प्रतिशत छ ।
[email protected]
Citizel Life insurance is one of the latest and best company in Nepal . We highly recommend to isure with this company which may definitely support to you and to your life.