नेशनल लाइफको वित्तीय सूचकमा उल्लेख्य प्रगति, पौने खर्बको जीवन बीमा कोष, नाफा ६०% ले बढ्यो

३० श्रावण २०८१, बुधबार ०६:३७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा ७७ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ संचित रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार गत आवको तुलनामा १९.१६ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको मुनाफामा पनि उच्च बृद्धि भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा दुई अर्ब ३४ करोड रुपैयाँ संचित रहेको छ । जगेडा कोष र जीवन बीमा कोष सहित कम्पनीको कूल कोषको आकार ७९ अर्ब नाघेको छ ।

कूल पाँच अर्ब एक करोड चुक्ता पुँजि भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा ६०.८९ प्रतिशतले बृद्धि भई ४० करोड ६३ लाख ५८ हजार पुगेको छ । गत आवमा कम्पनीको कूल नाफा २५ करोड २५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको लगानीबाट प्राप्त तथा व्यवसायमा आएको बृद्धिका कारण मुनाफा उच्च बृद्धि गर्न सफल भएको हो ।

गत आवको चौथो त्रैमाससम्ममा नेशनल लाइफले कूल १९ अर्ब २२ करोड एक लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको व्यवसाय अघिल्लो आवको तुलनामा १४.३४ प्रतिशतले बृद्धि भएको देखिएको छ । त्यस्तै, कम्पनीको कुल दावी भुक्तानी ५.४२ प्रतिशतले बृद्धि भई आठ अर्ब ८३ करोड भुक्तानी गरेको छ ।

त्यस्तै, कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी १७.०७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवमा पाँच अर्ब ७६ करोड लगानी गरेको नेशनल लाइफले चालु आवको समीक्षा अवधीमा ६ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले कमिशन बापतको रकममा गर्ने खर्च बद्धि एक अर्ब ८३ करोड ३० लाख रुपैयाँ रहेको छ । सो मध्ये अधिकांश बीमा अभिकर्ताहरुलाई कमिशन बापत भुक्तानी गरेको हो ।

कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १५ लाख ९८ हजार २६८ वटा रहेकोछ । अघिल्लो वर्षको यसै अवधीमा १६ लाख ९ हजार २७८ वटा बीमा पोलिसीहरु रहेका थिए ।

समीक्षा अवधीमा नेशनल लाइफको प्रतिशेयर आम्दानी ८११ रुपैयाँ रहेको छ । समग्रमा नेशनल लाइफको वित्तीय विवरणमा उल्लेख्य प्रगति देख्न सकिन्छ । मुनाफा, जीवन बीमा कोष र व्यवसाय तथा लगानीबाट प्राप्त आम्दानी बृद्धि भएकोले कम्पनीले बीमितलाई दिने बोनस, लगानीकर्तालाई दिने प्रतिफल उच्च हुन पुगेको आज प्रकाशित तथ्याङ्कमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*