बीमा प्राधिकरणद्वारा विदेशी पुनर्बीमा तथा पुनर्बीमा ब्रोकर कम्पनी सूचिकरण सम्बन्धी मार्गदर्शन जारी
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले विदेशीस्थित पुनर्बीमा कम्पनी र विदेशी पुनर्बीमा ब्रोकर कम्पनीहरुलाई सूचिकरण सम्बन्धी प्रक्रिया सहज र सजिलो बनाउन सुचिकरण सम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
गत साउनको पहिलो साता बीमा प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत भएको विदेशी पुनर्बीमक तथा पुनर्बीमा ब्रोकर कम्पनीहरुलाई सूचिकरण सम्बन्धी कार्य अनलाईनबाटै गर्न सकिने गरी स्पष्ट व्यवस्था गरिएको छ । चालु आवका लागि विदेशी पुनर्बीमा तथा पुनर्बीमा ब्रोकर कम्पनीहरु तोकिएको ढाँचामा सूचिकरण भएपछि मात्रै नेपालमा पुनर्बीमाको व्यवसाय गर्न पाउनेछन् ।
नयाँ व्यवस्था अनुसार आर्थिक वर्ष सकिनु एक महिना अघि नै अर्को आर्थिक वर्षको लागि एक वर्ष पहिले नै नविकरण भइसकेको हुनुपर्नेछ । उही साउन २ गतेको मितिमा भएको निर्णय अनुसार आज जारी मार्गदर्शन भन्दा पनि पहिले पनि केही पुनर्बीमा कम्पनीहरु प्राधिकरणमा सूचिकरण भइसकेको छ । नयाँ व्यवस्था लागू गरेर प्राधिकरणले विदेशी पुनर्बीमा कम्पनीलाई कडाई गर्न खोजेको देखिएको छ ।
त्यस्तै, विदेशी पुनर्बीमा ब्रोकर कम्पनीहरु पनि एक महिना पहिले नै सूचिकरण हुनुपर्नेछ ।
प्राधिकरणको नयाँ मार्गदर्शन अनुसार प्राधिकरणको वेभसाईटमा प्रकाशित भएका पुनर्बीमा तथा पुनर्बीमा ब्रोकर कम्पनीहरुमा मात्रै पुनर्बीमा तथा पुनर्बीमा ब्रोकर सम्बन्धी काम गर्न पाइनेछ ।