गोप्य सूचना चुहाएको आरोपमा चार बर्षदेखि नेप्सेका आइटी विभागका दुई कर्मचारी अनुसन्धानको घेरामा, किन छिर्यो अख्तियार ?

रिना खत्री
२९ श्रावण २०८१, मंगलवार १९:२३

काठमाडौं । चार बर्षअघि नेपाल स्टक एक्स्चेञ्जका (नेप्से)का आइटी विभागका दुई कर्मचारीले दोस्रो बजारको गोप्य सूचना चुहाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धान अन्तिम चरणमा पुग्न लागेको छ । सोमबार आयोगले नेप्सेमा छापा हानेर केही दशी प्रमाण नियन्त्रणमा लिएको छ ।

आईटीमा कार्यरत यी दुई कर्मचारीबाहेक नेप्से तथा वाइकोका कर्मचारीहरुले समेत निरन्तर रुपमा अवैध कारोबार तथा अन्य अवान्छित गतिविधि गरिरहेकोे उजुरीमा आयोगले अनुसन्धान गरिरहेको छ । हाल नेप्सेका आईटी विभागका दुई कर्मचारीद्धय निशा तिमिल्सिना र प्रभाकर घिमिरेलाई अनुसन्धानको दायरामा राखेर आयोगले अनुसन्धान गरिरहेको छ ।

आयोगले साउन २८ गते (हिजो) नेप्सेका प्राविधिक विभागका दुई कर्मचारीको मोबाइल जफत गरेर लगेको छ । प्राविधिक विभागका कर्मचारी प्रभाकर घिमिरे र निशा तिम्सिनाको मोबाइल जफत गरेर लगेको नेप्सेका एक अधिकारीले बीमापोष्टलाई बताए ।

२०७८ सालमा नेप्सेका दुई जना कर्मचारीविरुद्ध ब्रोकर तथा ठुला लगानीकर्तासँगको मिलोमतोमा नेप्से कारोबार सिस्टमको गलत फाइदा उठाई नीजि स्वार्थको लागि पटकपटक प्रणाली बिगारेको, बजारका माफियाहरुको स्वार्थमा काम गरेको र कारोबार सम्बन्धि प्रमाण नष्ट गरिरहेको उजुरीको परेको थियो । नेप्सेको आइटी विभागमा कार्यरत कर्मचारीहरू निशा तिमिल्सिना र प्रभाकर घिमिरेले यस्तो काम गरिरहेको आरोपसहित नेप्से, नेपाल धितोपत्र बोर्डका र अर्थ मन्त्रालय देखि अख्तियारसम्म उजुरी परेको थियो ।

यस विषयमा विगत तीन बर्षदेखि दुई जना आइटीका कर्मचारीहरुलाई पटक पटक उनीहरूलाई अख्तियारले सोधपुछ गरिरहेको थियो । उनीहरूले भित्री कारोबारीलाई सघाएर पुँजी बजारमा अपुरणीय क्षति पुर्याएकोले तुरुन्त निलम्बन तथा छानबिन गरी कानुनअनुसार कारवाहीको माग गर्दै अख्तियारमा उजुरीमा परेको थियो । सो पश्चात् आयोगले अनुसन्धानको प्रकृया अघि बढाई ती कर्मचारीहरुसँग सोधपुछ र उनीहरुको गतिविधिमा निगरानी राख्दै आएको थियो । सोमबार ती दुई कर्मचारीको मोबाईल जफत गरिएको ती कर्मचारीले बताएका छन् ।

आईटीमा कार्यरत यी दुई बाहेक नेप्से तथा वाईकोका कर्मचारीहरुले समेत निरन्तर रुपमा अवैध कारोबार तथा अन्य अवान्छित गतिविधि गरिरहेको आरोप लगाइएको थियो । तर वाईकोका कर्मचारीहरुलाई भने आयोगले कुनै अनुसन्धानको प्रकृया अघि नबढाएको बुझिएको छ । कारण आइटीका दुई कर्मचारीहरुको प्रमुख योजनाकार देखाएर विगत चार बर्षदेखि यो बिषयमा आयोगले अनुसन्धान गरिरहेको छ ।

आर्थिक बर्ष उजुरीकर्ता डिल्ली घिमिरेले निशा र प्रभाकरलाई निलम्बन गरी कडा कारबाही गर्न माग गर्दै गत कात्तिक २८ गते एक घिमिरे थरका व्यक्तिले नेप्सेका निमित्त प्रमुख निरन्जन फुयाललाई ई–मेलमार्फत उजुरी पठाएका थिए । तर, नेप्सेबाट आवश्यक कारबाही प्रक्रिया अगाडि नबढेपछि ति घिमिरेले गत मंसिर ५ गते नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र गत मंसिर १५ गते नायब कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीलाई ई–मेलमार्फत उजुरी पठाउँदै कारबाहीको माग गरेका थिए ।

नेप्से आइटी शाखाका कर्मचारीको घटना

नेप्सेका आईटी विभागमा कार्यरत कर्मचारी निशा तिमिल्सिनाले श्रीमानसँगको मिलोमतोमा आफ्नो भाइ निरज तिमिल्सिना, श्रीमान तथा परिवारको अन्य खातामार्फत ब्रोकर नं. ४४ मार्फत् कारोबार गर्दै आएको आरोप लगाइएको थियो । ब्रोकरले तिमिल्सिनालाई १ करोड भन्दा बढीको कारोबार लिमिट सित्तैमा उपलब्ध गराएको पाइएको थियो ।

तिमिल्सिनाका श्रीमान र श्रीमती नै पोखरा भ्रमणमा रहेका बेला फागुन २ गते, २०७७ मा प्रणालीमा अनिधिकृत पहुच पुर्याई कोरोबार गरको आरोप समेत छ । उनको श्रीमानले आफू कार्यरत सफ्टवेरिका कलेजबाट श्रीमतीको सहयोगमा निरन्तर कारोबार प्रणालीमा पहुँच राखेर भित्रि कारोबारमा संलग्न रही करौडौंको सेयर किनबेच गरेको उल्लेख उजुरीमा गरिएको छ । उनले आफूले गरको कारोबार तथा केवाईसी सम्बन्धि विवरणहरु परिवर्तन तथा नष्ट गरिरहेको आरोप लगाइएको छ ।

त्यस्तै, आइटी विभागमा कार्यरत अर्को कर्मचारी प्रभाकर घिमिरे बहिनी प्रतिभा घिमिरेमार्फत ब्रोकर नं. ४१ बाट कारोबार गर्दै आएका थिए । घिमिरेमाथि पनि ब्रोकरबाट सित्तैमा कारोबार लिमिट लिएको आरोप लागेको थियो । उनले यसको सट्टामा भित्रि कारोबार तथा अन्य महत्वपूर्ण सूचना ब्रोकरलाइ उपलब्ध गराउने गरेको आरोप लगाइएको छ ।

बहिनी बाहेक अन्य खाताबाट समेत घिमिरेले कारोबार गर्दै आएको जानकारी उजुरीकर्ताको छ । उनले पनि आफूले गरको कारोबार तथा केवाईसी सम्बन्धि विवरणहरु परिवर्तन तथा नष्ट गरिरहेको आरोप लगाइएको थियो । बजार सञ्चालकका कर्मचारी नै शेयर बजारको इनसाइडर ट्रेडिङमा संलग्न हुनुले शेयर कारोबारको पारदर्शिता माथि नै प्रश्न उठेको र चर्को आलोचना उक्त समय उठेको थियो । आम सर्वसाधारण लगानीकर्ता यस्ता खबरले त्रसित हुन पुगेका थियो । ती दुबै कर्मचारीहरु हाल नेप्सेमै कार्यरत छन् । शंकास्पद कमचारीलाई नेप्सेले आयोगको अनुसन्धानको क्रममा निलम्बनमा नगरेको भन्दै चर्को आलोचना पनि खोप्नु परेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*