कुलमान घिसिङविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

२९ श्रावण २०८१, मंगलवार १७:१०

काठमाडौँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् । खरेलले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध अनुसन्धानको माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् ।

निवेदकले घिसिङले गरेका अनियमितताको प्रमाणसमेत निवेदनमा संलग्न गरेको दाबी गरेका छन् । निवेदकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध पीपीएमा घोटाला गरेको, लाभकर छल्न ५५ करोडको शेयर ९ करोडमा खरीद गरेको, ठेक्कामा घोटाला गरेको, प्राधिकरण नक्कली नाफामा देखाएकोलगायत आरोप लगाएका छन् । यसबाट राज्यलाई अर्बौंको हानी भएको दाबी गरिएको छ ।

प्राधिकरणमा सेवा प्रवेश गरेदेखि घिसिङ अनुचित कार्यमा संलग्न भएको निवेदनमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*