जीवन बीमा कम्पनीका १ लाख बीमितले गरे १४ अर्ब बढीको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका कति ? (सूची सहित )

२९ श्रावण २०८१, मंगलवार १६:५०

काठमाडौं । असार मसान्तसम्मा जीवन बीमा कम्पनीहरुमा बीमितले १ लाख १३ हजार ९ सय ९६ बीमा पोलिसी रद्ध भएका छन् ।

नेपाल बीमा प्राधिकरणले आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्ममा १ लाख १३ हजार पोलिसी रद्ध गरेर १४ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका हुन् ।

सबैभन्दा धेरै कारोबार गर्ने नेपाल लाइफमा सरेण्डर गर्ने बीमित बढी रहेको प्राधिकरणबको तथ्यांकले देखाएको छ। असार मसान्तसम्ममा बीमितले २८ हजार ६ सय २८ पोलिसी वापत ४ अर्ब ४१ करोड रुपैयाँ सरेण्डर गरेका छन् ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपालं) रहेको छ। असार मसान्तसम्ममा कम्पनीमा ३० हजार ३ सय ९ वटा बीमा पोलिसी वापत ४ अर्ब ३० करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

 

तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानमा असार मसान्तसम्ममा १३ हजार ९ सय ४१ बीमा पोलिसी वापत १ अर्ब १० करोडको बीमा पोलिसी सरेण्डर गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हिमालयन लाइफका बीमितले ७ हजार ८ सय १० बीमा पोलिसी वापत १ अर्ब २ करोड रुपैयाँ, नेशनल लाइफको ७ हजार ५०० बीमा पोलिसी वापत १ अर्ब १ करोड रुपैयाँ, सूर्य ज्योतिको ५ हजार २ सय बीमा पोलिसी वापत ७१ करोड रुपैयाँ, एशियन लाइफको ७ हजार १ सय बीमा पोलिसी वापत ५५ करोड रुपैयाँ र मेट लाइफको ४ हजार बीमा पोलिसी वापत ४३ करोड २८ हजार रुपैयाँ पोलिसी सरेण्डर भएका छन् ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको १ हजार ७ सय बीमा पोलिसी वापत २४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १ हजार बीमा पोलिसी वापत २१ करोड रुपैयाँ, सिटिजन लाइफको २ हजार पोलिसी वापत १७ करोड रुपैयाँ, आइएमई लाइफको १४ सय बीमा पोलिसी वापत १३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको १४ सय बीमा पोलिसी वापत ९ करोड रुपैयाँ र सन नेपाल लाइफको ६ सय ८२ बीमा पोलिसी वापत ६ करोड ६२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*