नेप्सेमा अख्तियारको छापा, कर्मचारी इनसाइडर ट्रेडिङमा संग्लन रहेको खुलासा

२९ श्रावण २०८१, मंगलवार १५:४६

काठमाडौँ । अख्तियार अनुसन्धान आयोगले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छापा मारेको छ । नेप्सेका केहि कर्मचारीले इनसाइडर ट्रेडिङमा संग्लन रहेको सूचनाका आधारमा खख्तियारले छापा मारेको हो ।

अख्तियारले छापाको क्रममा नेप्सेका प्राविधिक विभागका कर्मचारी प्रभाकर घिमिरे र निशा तिम्सिनाको मोबाइल फोन जफत गरेको छ । दुई कर्मचारी इनसाइडर ट्रेडिङमा संग्लन रहेको उजुरी परेपछि छापा मारेको अख्तियार स्रोतले बताएको छन् । स्रोतले भन्यो, ‘दुई कर्मचारीको मोबाइल जफत गरेका छौं । उनी दुई कर्मचारी इनसाइडर ट्रेडिङमा संग्लन रहेको उजुरी परेको थियो । उनीहरुलाई सोधपुछ पनि रहेका छौ ।’

कर्मचारी आफन्तको शेयरको कारोबार गरेको खुलासा भएको छ । उनीहरुले कोभिड १९ को समयमा सो कार्य गरेको खुलेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*