शेयर बजारमा करेक्सनः साढे २१ अर्बको कारोबार हुँदा परिसूचक २९२३ बिन्दुमा, बुलको यात्रा कहाँसम्म ?
काठमाडौँ । निरन्तर चार दिन हरियाली आएको शेयर बजारमा आज करेक्सन देखिएको छ । दिनभरीको उताप—चडाबपछि शेयर बजार दोहोरो अकंले घट्न पुगेको हो । ब्यवसायी दुर्गा प्रसाईले शेयर बजारप्रति गम्भिर आपत्ति जनाएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पुँजी बजार जुवा घर रहेको र साना लगानीकर्ताको लगानी कहिल्यै सुरक्षित नहुने तर्क राखेका थिए । सो पश्चात शेयर बजार निरन्तर ओरालो लागेको हो ।
अर्थमन्त्रालयदेखि प्रधानमन्त्री केपी शर्मा ओलि शेयर बजार प्रति सकारात्मक रहेको बताउँदै आइरहेका छन् । जसले गर्दा लगानीकर्ताको मनोबल समेत बलियो हुँदै गएको छ । अर्थतन्त्र समेत निरन्तर सकारात्मक बन्दै गएको, नियामक समेत केही नीति खुकुलो बनाउँदै गरेको र शेयर बजारको शत्रु भनिने बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको बेला बजारले नयाँ उचाई कायम राख्ने लगानीकर्ताको विश्वास रहेको छ ।
अर्थमन्त्री विष्णु पौडेल बजार सन्तुलित बनाउनु पर्नेमा जोड दिइरहेका छन् । उनीले बजारमा चलखेल हुन नदिन धितोपत्र बोर्डलाई निर्देशन समेत दिएका छन् । शेयर किन्दा कम्पनीको वित्तीय अवस्था, भावि योजना र रणनीति बुझेर मात्र लगानी गर्नु पर्छ । अहिले वित्तीय अवस्था नै नाजुक भएको कम्पनीको शेयर मूल्य बढ्नु भनेको माफियाको चलखेल हुनु हो । जसमा सबै सचेत हुनुपर्छ ।
तर, विगतलाई नयाँ लगानीकर्ताले बिर्सिनु हुँदैन । ठुला लगानीकर्ताको लह–लहैमा लागेर शेयर खरिद गर्दा कुनै न कुनै दिन डुब्ने पक्का नै हो । बुल बजारमा नाफा बुक गर्दैै अघि बढ्नु पर्छ । धेरै आश गर्दा भएको नाफा समेत गुम्ने डर हुन्छ । नवप्रवेशी लगानीकर्ताहरुले भने माफियाहरुको चलखेलबाट बच्नु पर्ने केहि जानकारहरु बताउँछन् । बजार बढेको बेला कमजोर सूचक भएका कम्पनीका माफियाले चलखेल गरी शेयर मूल्य बढाउने भएकाले साना लगानीकर्ता सचेत समेत हुनु पर्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१८ अकंले बढेर २९२३.४६ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार पाँच उपसूचकमा मात्र हरियाली देखिएको छ । यसदिन बैंकिङ समूहको ०.४५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.०८ प्रतिशत, फाइनान्स समूहको १.५७ प्रतिशत, जीवन बीमा समूहको ०.५४ प्रतिशत र व्यापार समूहको ०.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज १५७ कम्पनीको शेयर मूल्य घट्दा ८० कम्पनीको मूल्य बढेको छ ।