नेपाल फाइनान्समा किन झुम्मिए आज लगानीकर्ता? यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । निरन्तर बढेको शेयर बजारमा आज ओरालो लागेको छ । बजार पुँजीकरण र कारोबारमा ह्याटिक मार्दै आएको शेयर बजार साताको तेस्रो दिन ओरालो लागेको छ।
यो दिन नेप्से सूचक ८।१८ अंकले घटेर २ हजार ९२३।४६ विन्दुमा आइपुगेको छ ।
आज २१ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने २७ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा सूचीकृत ३३२ वटा कम्पनीको ५ करोड २७ लाख कित्ता शेयर किनेबेच हुँदा २१ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल फाइनान्स छ ।
आज नेपाल फाइनान्सको सर्वाधिक खरिदबिक्रि भएको छ। कारण हिजो नेपाल फाइनान्सकमे शतप्रतिशत लाभांशको सरप्राइज कसरी आँउछ भन्ने समाचारले गर्दा आज नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएको देखिन्छ ।
कम्पनीको आज ८१ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन रि, शिवम सिमेन्टस, अपी पावर, अरुण भ्याली, अपर तामाकोशी, सानिमा माई हाईड्रोपावर, निफ्रा, हिमालयन लाइफ र हिमाल दोलखाको सर्वाधिक काराबोर भएको छ।