पुँजी बजार जुवा घर हो, साना लगानीकर्ताको लगानी कहिल्यै सुरक्षित हुँदैनः दुर्गा प्रसाईं
काठमाडौँ । ब्यवसायी दुर्गा प्रसाईले शेयर बजारप्रति गम्भिर आपत्ति जनाएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पुँजी बजार जुवा घर रहेको बताएका हुन् ।
प्रसाईंले शेयर बजारमा साना लगानीकर्ताको लगानी कहिल्यै पनि सुरक्षित नहुने बताए । उनले भनेका छन्, ‘यो (पुँजी बजार) एक किसिमको जुवा घर हो । जुन जुवाघरमा जित्ने जहिले पनि जुवा खेलाउने हुन्छन् ।’
शेयर बजारमा सीमित ब्यक्तिहरुको चलखेल हुने उनको तर्क छन् । स–साना लगानीकर्ताले सानो रकम र ठुला माफियाले करौडो कमाउने गरेको उनको भनाइ रहेको छ । ‘जुवा खेलाउनेमा शेयर बजारका सिमित तस्कर मारवाडी,सरकार,मिडिया र सिमित शेयर बजारका स्व.कथित अभियान्ता हुन्छन् । बाँकी सबै लाखौं लाख जनता बजारमा घप्पु दाउ हान्न बसेका हुन् । उनीहरुको भागमा एक पटक एक्का पर्यो भने तिनपटक दुक्का पर्छ’ उनले लेखेका छन् ।